कार्तिक १८ काठमाडौँ, पाेखराकाे घरेलु कार्यालयमा रहेकाे सरकारी क्वाटरलाई लिएर हुँदै आएको बिबाद अहिले सम्म जारी छ ।प्रदेश सरकारकाे मातहत रहेकाे घरेलुको कार्यालय दुरिकाे हिसावले तालुकदार मन्त्रालय बन, पर्यटन, घरेलु तथा उद्योग मन्त्रालप र मुख्यमन्त्रीकाे कार्यालय दुरीकाे हिसाबले ५०० मिटरमा छ । नजिक रहेकाे यस्ताे कार्यालयले जति बेथिति गरेपनि सम्वन्धित बिभाग, मन्त्रालय, र सरकार मुखदर्शक भएर बसेकाे छ ।कार्यालयकाे प्रमुख सबैकाे अभिभावक हुनु पर्ने हाे । बिधि र नियमले त्यहि भन्छ । तर घरेलु कार्यालयमा त्यस्ताे अनुभब गर्न नपाएको कार्यालय सम्बद्द तल्लो तहका कर्मचारी र सेवाग्राहीको गुनासो छ ।
श्राेतका अनुसार केही समय अगाडि कार्यालय प्रमुख, प्रमुख उद्योग अधिकृत उमा गाैतम काेईरालाकाे नेतृत्वमा, उद्योग अधिकृत साताै तहका माेहराज ढकाल सहित कार्यालयमा काम गर्ने केहि कर्मचारीहरुकाे गुट र बिचार समूह निर्माण गरि कार्यालयकाे लेटरप्याडकाे दुरुपयाेग सहित एक हुलकाे नेतृत्व गर्दै बिचारकाे आधारमा फरक विचार राखेकाे भन्दै उद्योग मन्लालय र मुख्यमन्त्रीकाे कार्यालयमा सरुवा र कार्वाहीकाे लागि डेलिगेसन समेत गएको थियो।
आफ्नाे अधिकारकाे दुरुपयोग गर्दै प्रमुख अधिकृत काेईराला र उद्योग अधिकृत ढकालकाे मिलेमतोमा घरेलु कार्यालय अगाडि सहयाेग डेक्स राखेर सर्वसाधारणकाे लागि सेवा दिने नाममा व्यक्तिगत फाईदा समेत उठाउने गरेका छन् । यति सम्मकी उद्योग दर्ताकाे लागि निशुल्क पाईने फारामलाई व्यक्ति हेरेर ५०० देखि १५०० सम्म लिने लिईन्छ त्यसको बिल ग्राहकले पाउदैनन् । आफुले तिरेको पैसाको बिल माग्दा हाकिम र उद्योग अधिकृतकाे हिस्सा भन्ने जबाफ सेवाग्राहीले पाउछन । याे मन्त्रालयसम्म दिनु पर्दछ,हामीले भरेकाे फाराम फिर्ता हुदैन, आधिकारिक हुन्छ भन्दै ठगी रहेको व्यापक गुनासो सेवाग्राही को छ ।
यसकाे बिराेध कसैले गर्याे भने सरुवाकाे धम्की आउने गर्दछ । कर्मचारी माेहराज ढकाल त खुलम खुला रुपमा आफ्नाे पारिवारिक पहुँचकाे धम्की दिदै मलाई कसैले केही गर्न सक्दैन भन्ने सम्मको धम्की समेत दिने गरेको रहस्य खुलेको छ ।
तालुकदार मन्त्रालयबाट केहि मिनेटको दुरीमा पर्ने कार्यालयमा यस किसिमको बेथिति हुँदा समेत प्रदेश सरकार मौन बस्नको रहस्य झन् बुझीनसक्नु छ ।अझै अर्को अनौठो रहस्य त् के भने कार्यालयमा कार्यरत माेहराज ढकाल त्यस कार्यालय हाता भित्र रहेकाे क्वाटरमा बस्न थालेकाे १० बर्ष भन्दा बढि भएकाे छ । उनी अख्तियारकाे कार्यालयमा, संसद सचिवालयमा, उपभोक्त हित संरक्षण निर्देशनालय लगाएतका अन्य कार्यालयमा काम गर्दा पनि क्वाटर छाेड्नु परेन ।
हाल खालि रहेकाे थप एक क्वाटरमा पनि दरबन्दिकाे पत्ताे नभएका एक खरिदार राजु रेग्मीलाई राखेका छन् । यसकाे सम्पुर्ण सेटिङ निज ढकालले नै गरेका हुन् । उनी कस्लाई राख्ने र निकाल्ने सम्मकाे पहुँच राख्छन् । उनका आफ्नै काका रामचन्द्र ढकाल मुख्यमन्त्रीकाे कार्यालयका सचिव हुन् । साेहि पहुँचकाे आधारमा अनेक किसिमका नचाहिदा बखेडा निकालेर दुख दिईरहेकाे श्राेतकाे दावि छ ।