logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छ : गृहमन्त्री लेखक

    सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छ : गृहमन्त्री लेखक

    406
    Shares
    सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गरेका छन् । आईतबार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

    उनले डेमोक्रेसीको ‘डि’सँगै अरु दुई वटा ‘डि’ को आवश्यक हुने बताए । लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको बताए । उनले लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने बताए । उनले नागरिकका बीचमा सम्भावना र अवसरको वितरण गर्न आवश्यक रहेकाले वर्तमान सरकार सोही उद्देश्यलाई पूरा गर्न लागिरहेको बताए ।

    नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरणका साथै शिक्षा, स्वास्थ्य लगायतका अवसरहरुमा सरल, सुलभ पहुँचका व्यवस्थाहरुको वितरण आवश्यक रहेको बताए । वर्तमान सरकार कसैका लागि मन्त्री बन्न र सरकार बनाउनकै लागि बनेको सरकार नभएको बताए ।

    उनले जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि वर्तमान सरकार बनेको बताए ।

    उनले भने, ‘डेमोक्रेसीको डिसँग अरु दुई वटा डि जरुरी हुन्छ । डेमोक्रेसीलाई चिरस्थायी बनाउनका लागि डिसिप्लेनको डि आवश्यक छ । लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझेनौँ, यसलाई अराजकताको प्रणालीका रुपमा बुझ्यौँ भने लोकतन्त्र कमजोर हुन्छ । र डेमोक्रेसीको डिसँग अर्को आवश्यक पर्ने डि भनेको (डिस्ट्रिब्युशन) वितरणको डि हो । वितरण भनेको नागरिकका बीचमा सम्भावना र अवसरको वितरण हो । नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरण हो ।

    शिक्षा, स्वास्थ्य लगायतका अवसरहरुमा सरल, सुलभ पहुँचका व्यवस्थाहरुको वितरण हो । अनुशासन र वितरण हो । यि दुई कुरालाई जबसम्म लोकतन्त्रसँग राम्रोसँग जोडिँदैन, तबसम्म लोकतन्त्र चिरस्थायी हुन सक्दैन । अहिलेको सरकार विशिष्ट उद्देश्यका साथ बनेको हो । सरकार बनाउनका लागि बनेको सरकार होइन । केही मानिसहरु मन्त्री हुनका लागि मात्रै बनेको सरकार होइन । जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि बनेको हो ।’

    गृहमन्त्री लेखकले लोकतन्त्रलाई चिरस्थायी राजनीतिक पद्धतिका रुपमा अघि बढाउने उद्देश्यका साथ सरकार बनेको बताए । उनले आर्थिक उन्नति र विकास गर्न एनआरएनएहरुमा भएको सम्भावना देशभित्र उपयोग हुनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend