logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • बोल्यो भारत: नरवाणेको भ्रमणले दुवै देशको रक्षा सम्वन्ध थप मजवुत हुनेछ

    बोल्यो भारत: नरवाणेको भ्रमणले दुवै देशको रक्षा सम्वन्ध थप मजवुत हुनेछ

    2.5K
    Shares

    कात्तिक १८ काठमाडौं – भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणले नेपाल- भारत रक्षा सम्वन्ध थप मजवुत् हुने भारतीय दुतावासले बताएको छ। 

    दूतावासका प्रवक्ता नवीन कुमारले भारतका सेनाध्यक्ष नरवाणेको भ्रमणबारे मिडियामा धेरै प्रश्न उब्जेको उल्लेख गर्दै उनको भ्रमणले दुई सेनाबीच लामो समयदेखि रहेको परम्परागत मित्रतालाई गाढा पार्ने जनाएका हुन्। 

    ‘नरवाणेको भ्रमणले दुबै पक्षलाई द्विपक्षीय रक्षा साझेदारीमा छलफल गर्ने र आपसी फाइदाका लागि यसलाई अझ मजबुत बनाउनका लागि अवसरहरू खोजी गर्ने अवसर प्रदान गर्नेछ,’ भारतीय दूतावासले ट्वीटरमा लेखेको छ।

    नरवाणे बुधबार नेपाल आउँदैछन्। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend