बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

म्याद सकिएको थाई एयरको जहाज जर्बजस्ती नेपाल आयो, कारवाही गर्ने प्राधिकरणको तयारी

म्याद सकिएको थाई एयरको जहाज जर्बजस्ती नेपाल आयो, कारवाही गर्ने प्राधिकरणको तयारी

काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति सकिएको जहाज अवतरण गर्न खोजेको भन्दै कारवाही अघि बढाएको छ । विन्टर सेड्युलको अनुमति नलिई थाई एयर एसियाले जहाज जर्बजस्ती अवतरण गर्न खोजेको थियो ।

अवतरण अनुमति सकिएको जहाज लिएर आएपछि उक्त जहाज आकाशमै ‘होल्ड’ गरिएको थियो । झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । जहाजको सुरक्षाका लागि भन्दै अवतरण गर्न दिइएको थियो ।

उड्डयन प्राधिकरणका अनुसार जर्बजस्ती जहाज ल्याएको भन्दै एयर एसियाको जीएसए खारेज गर्ने तयारी भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend