logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • असहाय जनतालाई खाना खुवाउने व्यबस्था तत्काल गर्न सांसद संग्रौलाको माग

    असहाय जनतालाई खाना खुवाउने व्यबस्था तत्काल गर्न सांसद संग्रौलाको माग

    3.6K
    Shares

    कात्तिक १८ काठमाडौं –  प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले कोरोना महामारीका कारण सडकमा भौंतारिएका असहाय जनतालाई खाना खुवाउने अबिलम्ब व्यबस्था गर्न माग गरेकी छिन। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सांसद संग्रौलाले कुन ठाउँमा खाना खुवाउने हो त्यस्को समुचित ब्यवस्थापन गर्न महानगरसंग माग गरेकी हुन्। 

    काठमाडौको खुलामञ्चमा विभिन्न सामाजिक संघ संस्थाहरु ,अभियन्ता र स्वयंसेवकहरुले खाना खुवाइरहेको  पुन्य कार्यलाई काठमाडौका मेयरको ठाडो निर्देशनमा महानगरीय प्रहरीबाट रोक्नु अमानवीय कार्य भएको उनको भनाइ छ। 

    फेसबुकमा उनले लेखेकी छिन, ‘ जनता कोरोना महामारीबाट ग्रसित छन् ।सरकारले अबिभावकत्व निभाउन  नसकेर दुबै हात उठाइसकेको छ।गरिव, निमुखा,वृद्ध ,असहाय बालकहरु खाना नपाएर भोक भोकैको अबस्थामा छन।कतिखेर प्राण जानेहो कसैलाई थाहाछैन।यस्तो संकटग्रस्त समयमा सडकमा भौतारिएका असाहाय जनतालाई विभिन्न सामाजिक संघ सन्थाहरु ,अभियन्ता र स्वयंसेवकहरुले काठमाडौको खुलामञ्चमा बिगत तिनहप्ता भन्दाबढी समयदेखि खाना खुवाउदै गरेको पुन्य कार्यलाई काठमाडौका मेयरको ठाडो निर्देशनमा महानगरीय प्रहरीबाट रोक्नु अमानवीय कार्य हो।बाच्न पाउने अधिकारलाई जो कसैले पनि हनन गर्न पाउदैन।कुन ठाउमा खाना खुवाउने हो?त्यस्को समुचित ब्यवस्थापन नगरी एक्कासि खाना खुवाउन  नै रोक्नु अमानवीय भएको हुँदा महानगरले अबिलम्ब ब्यबस्था गरोस् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend