logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबर

    साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबर

    1K
    Shares
    साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबर
    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् ।
    निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।
    नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
    दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ ।
    यो खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ । सेमिफाइनलमा जित्ने टोली फाइनलमा प्रवेश गर्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend