logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • विश्वकप लिग २ : अमेरिकासँग नेपाल ३ विकेटले हार्‍यो

    विश्वकप लिग २ : अमेरिकासँग नेपाल ३ विकेटले हार्‍यो

    994
    Shares
    विश्वकप लिग २ :  अमेरिकासँग नेपाल ३ विकेटले हार्‍यो

    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।

    टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको अमेरिकाले ४९.४ ओभरमा २९१ रन बनाउँदै ३ विकेटको जित निकालेको हो ।

    अमेरिकाको जितमा शायन जहाँगीरले शतक प्रहार गरे। उनले ९७ बलमा १०४ रन बनाएका हुन्। मोनाङक पट्टेल र हरमित सिंहले अर्धशतक बनाए।

    नेपालका लागि सन्दीप लामिछाने नचलेको बलिङ लाइनमा कुशल भुर्तेलले चार विकेट लिए। ६ ओभर बलिङ गर्दा मात्र २३ रन खर्चिएर उनले चार विकेट लिएका हुन्। सोमपाल कामीले दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे।

    टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ९६रनको शानदार अर्धशतकीय इनिङ पूरा गरेका थिए। उनले ७५ बलमा ८ चौका र तीन छक्का हिर्काएका थिए।

    नेपालका ओपनरद्वय अनिल शाह र आशिफ शेखले अर्धशतक बनाए। अनिलले ५ चौकासहित ५६ रन बनाउँदा आशिफले ७ चौका र १ छक्का हिर्काउँदै ५२ रन बनाए। आरिफ शेखले ३७ रन बनाएको खेलमा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

    योसँगै नेपालले लिग २ मा ९ खेलमा सात खेल गुमाएको छ। अमेरिका भने १० खेलमा सात जित निकालेको छ।

    नेपालले अब मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अङ्कविहीन हुँदै ३ अङ्कका साथ सातौँ स्थानमा छ ।

    अमेरिका १० खेलमा ७ मा जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend