काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । सुन तोलामा ४ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।