logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • हाइगर बसको लोकप्रियता बढ्दो, एकैपटक दर्जनौं बस नेपालमा भित्रिए

    हाइगर बसको लोकप्रियता बढ्दो, एकैपटक दर्जनौं बस नेपालमा भित्रिए

    161
    Shares
    हाइगर बसको लोकप्रियता बढ्दो, एकैपटक दर्जनौं बस नेपालमा भित्रिए

    काठमाडौं । आरामदायी पर्यटक सवारीका रुपमा डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा आधिपत्य जमाउँदै आएको हाइगर बसको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । पर्यटक आगमनमा आएको बहारसँगै सुविधा सम्पन्न सवारीसाधनको खोजीमा रहेका पर्यटन व्यवसायीले माग गरेपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् ।

    नेपालमा आर्क्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ । आर्क्स ग्रुपले हालै राजधानीमा आयोजित विशेष समारोहमा पर्यटन व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेको छ ।

    काठमाडौंस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सलर सिए यू र आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले विभिन्न ट्राभल व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेका हुन् ।

    नेपालमा उपलब्ध रहेका हाइगर बस हाल ३५ सिट क्षमताका छन् भने व्यवसायीको मागअनुसार ठूला बस पनि उपलब्ध गराउन लागिएको आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले सन् २०१३ मा नेपाली बजारमा हाइगर बस भित्रिएसँगै पर्यटन क्षेत्रमा सुविधासम्पन्न बस उपलब्ध गराउने प्रतिस्पर्धा चलेको र त्यसमा हाइगर नै व्यवसायीको पहिलो रोजाईमा पर्न सफल भएको बताए ।

    हाइगर बस संसारका २ सयभन्दा बढी देशहरुमा निर्यात हुँदै आएको छ । नेपालमा पनि हालसम्म एक सयभन्दा बढी बसहरुको बिक्री भइसकेको छ । बसमा इञ्जिन पछाडि रहेका कारण पर्याप्त लगेज स्पेश रहेको छ ।

    नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी आयात गरिएका हाइगर बसले यस क्षेत्रको प्रवर्द्धनका निमित्त प्रभावकारी भूमिका खेल्ने र आरामदायी यात्राका कारण पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक पर्ने आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ बताउँछन् ।

    हाइगर बसनेपालको भौगोलिक अवस्था र बाटोको अवस्थाअनुरूप रहेका हुँदा नेपाली बजारमा थप लोकप्रिय हुने उनको भनाइ छ । उनका अनुसार बसमा पूर्ण एअर कन्डिसन र लक्जरियस सिटहरूका अतिरित्त ब्रेक लगाउँदा आवाज नआउने लगायतका सुविधा रहेका छन् ।

    हाइगरका बसमा १८ महिना अथवा १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनीले वर्कशप तथा स्पेयर्स पार्ट्सको पर्याप्त व्यवस्था गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend