logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक छ : श्रममन्त्री भण्डारी

    वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक छ : श्रममन्त्री भण्डारी

    140
    Shares
    वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक छ : श्रममन्त्री भण्डारी

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहने बताएका छन् । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताए । बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने बताए । उनले वर्षेनी सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए ।

    अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको उनले बताए । उनले वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको बताए ।सरकारलाई असफल हुने छुट नरहेको बताए ।

    उनले भने, ‘अहिले विभिन्न भाष्य निर्माण भएको छ । कहिले बाध्यात्मक भन्छौँ, कहिले स्वेच्छिक भन्छौँ । कहिले अवसरका खोजि भन्छौँ, जे भनेपनि सत्य कुरा के हो भने यो मुलुकमा हरेक वर्ष ५ लाख मानिस श्रम बजारमा आउँछन्, १ लाख मानिसले यो मुलुकको श्रम बजारमा रोजगारी पाउँछन् । ४ लाख मानिस बेरोजगार छन् । तिनलाई व्यवस्थित नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता, परनिर्भरता हामी अहिले घटाउन सक्दैनौँ । हामीले अवसर सिर्जना गर्नुपर्दछ ।

    अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि लिएर सबैकुरा अनुकुल हुँदै जानुपर्छ । त्यो अनुकुल हुँदै गइरहेको छ । यो सरकार जसरी निर्माण भएको छ, कसैले अप्रत्याशित भन्छन्, कसैले अप्राकृतिक भन्छन्, म दुवै कुरा हो भन्छु । तर खासमा कामको लागि हो । सरकार मात्रै बनाउने हिसावले बनेको होइन । कुनैपनि हिसावले यो सरकारलाई असफल हुने छुट छैन ।’

    श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend