logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो : बार अध्यक्ष घिमिरे

    संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो : बार अध्यक्ष घिमिरे

    252
    Shares
    संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो : बार अध्यक्ष घिमिरे

    काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन् । केहीले संविधान च्याप्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै उनले संविधानका राम्रा पक्षलाई सँगै लिएर अघि बढ्नका लागि सबै पक्षले कसम खाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

    अध्यक्ष घिमिरेले संविधान परिवर्तनीय दस्ताबेज भएकाले त्यसमा रहेका कमीकमजोरीलाई केलाएर परिमार्जन गर्नुपर्दछ भन्ने दृष्टिकोण आफूहरूले अघि सारेको पनि स्पष्ट पारे । ठुलो द्वन्द्वका बिच वर्तमान संविधान निर्माणमा गरिएको र त्यसको नेतृत्व स्वर्गीय सुवास नेम्वाङले गरेको उनको भनाई थियो ।

    सोमबार सर्वोच्च अदालत बार एसोसिएसनले प्रकाशित गरेको स्मृतिमा सुवास नेम्वाङ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले नेम्वाङको समझदार व्यक्तित्वको जति चर्चा गरेपनि कमै हुने बताए ।

    अध्यक्ष घिमिरेले संविधानमा देखिएको कमी हटाउनका लागि यसका प्रावधानहरू केलाएर हेर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend