logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारीमा छौँ : खेलकुदमन्त्री चौधरी

    गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारीमा छौँ : खेलकुदमन्त्री चौधरी

    133
    Shares
    गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारीमा छौँ : खेलकुदमन्त्री चौधरी

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारी गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले निकट भविष्यमै खेलकुद सद्भावना दुत गैरआवासीय नेपालीलाई बनाउनका मन्त्री परिषद्मा प्रस्ताव लैजाने कोशिस गरिरहेको बताए । उनले नेपालको खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्न गैरआवासीय नेपालीहरुसँग आह्वान गरे । उनले अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन जग्गाको खोजि भइरहेको तर नपाएको गुनासो गरे ।

    उनले भने, ‘निकट भविष्यमा खेलकुद सद्भावना दुत हामीेले एनआरएनए नै राख्ने कोशिस गरिरहेका छौँ । चाँडो भन्दा चाँडो मन्त्रीपरिषद्बाट जाँदैछ । खेलकुद दुत भनेर हामी राख्न कोशिस गरिरहेका छौँ । हिजो मात्रै फुटबलको साफको महिला गेम भारतसँग भएको थियो । नेपालीले दुःखसुखका साथ संघर्षका साथ विजय प्राप्त भयो ।

    त्यहाँको भौतिक पूर्वाधार हेर्दा त्यहाँ अट्ने नअट्ने दर्शहरुको धेरै महशुस गरेका थियौँ । हामीले व्यापक रुपमा जग्गा खोजि गरिरहेका छौँ । फिफाले व्यापक लगानीको कोशिस गरिरहेको छ तर हामीले अहिलेसम्म जग्गा प्राप्त गर्न सकेका छैनौँ । हामीसँग भलिबलको मन्टीपल्पस बिल्डिङहरु छैन ।’

    खेलकुदमन्त्री चौधरीले युवा नीति तयार गरी कानून र अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend