logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • के रुसका राष्ट्रपति पुटिनले राजीनामा दिन लागेका हुन् ?

    के रुसका राष्ट्रपति पुटिनले राजीनामा दिन लागेका हुन् ?

    9.3K
    Shares

    कात्तिक २१ काठमाडौं –
    एजेन्सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट राजीनामा दिन लागेको बेलायती अखबार द सनले दावी गरेको छ । रुसी उच्च स्रोतले बताएको भन्दै पुटिनले स्वास्थ्यको कारण उनले राजीनामा दिने अखबारले उल्लेख गरेको छ ।

    पुटिनले २०२० को अन्त्यसँगै राजीनामा दिने सम्भावना रहेको समाचारमा उल्लेख गरिएको छ । औपचारिक रुपमा जानकारी नगराइएपनि ६८ बर्षका पुटिनलाइ पार्किन्सन्स रोग लागेको हुनसक्ने अनुमान गरिएको छ। किनकी उनले पार्किन्सन्स रोगसँग मिल्ने लक्षणहरु देखाइरहेको अन्य अन्तर्राष्ट्रिय समाचार माध्यम हरुले पनि बताइरहेका छन् ।

    पुटिनले २०२१ को जनवारीमै पद हस्तान्तरण गर्न सक्ने बताइएको छ ।पछिल्लो समय सार्वजनिक भएको भिडियोमा पुटिन कुर्सीमा बस्दा खुट्टाहरु निरन्तर काँपिरहेको देखिएको समाचारमा उल्लेख छ । त्यस्तै उनले कलम समाउँदा पनि औंलाहरु काँपिरहेको देखिएको दावी गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend