logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सुनको मूल्य बढेर प्रतितोला १ लाख ७० हजार नजिक

    सुनको मूल्य बढेर प्रतितोला १ लाख ७० हजार नजिक

    1.2K
    Shares
    सुनको मूल्य बढेर प्रतितोला १ लाख ७० हजार नजिक

    काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्यले दिनहुँ उच्च मूल्यको रेकर्ड बनाइरहेको छ ।

    मंगलबार पनि छापावाल सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा तोलामा १ हजार ५ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

    सोमबार सुन तोलामा १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि यही आइतबार तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड बनाएको थियो ।

    सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बजारमा सुनको मूल्य बढेसँगै कारोबारमा कमी आएको बताए । यद्यपी उनले आज धनतेरस भएकाले सुन बजारमा केही चहलपहल भएको बताए । उनले भने- ‘आज धनतेरस भएकाले सुन कारोबार सन्तोषजनक हुने अनुमान गरेका छौँ ।’

    मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै मूल्य बढेको उनले बताए ।

    उनका अनुसार इजरेल र हमास युद्धको प्रभाव सुन बजारमा परेको हो । उनले भने- ‘हमास र इजरेल युद्धका कारण लगानीकर्ताहरुले आफ्नो सम्पत्ति सुरक्षित गर्नका लागि सुनमा लगानी गर्दा अहिले सुनको मूल्य दैनिक बढिरहेको छ ।’

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ४० रूपैयाँले बढेर २ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend