सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

बालुवाटारमा रास्वपाको प्रदर्शन, ३३ जना प्रहरी नियन्त्रणमा

बालुवाटारमा रास्वपाको प्रदर्शन, ३३ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै रास्वपाले मंगलबार गरेको बालुवाटार केन्द्रित प्रदर्शनका क्रममा पक्राउ पर्नेको सङ्ख्या ३३ जना पुगेको छ ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री निवास नजिकै रास्वपाका नेता-कार्यकर्ता भेला भए आन्दोलन गर्न थालेका हुन् । रविलाई राजनीतिक प्रतिशोध साँध्न सरकारले पक्राउ गरेको उनीहरूको जिकिर छ ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोज्ने नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरूलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ। प्रदर्शनको सुरुमै केही नेता कार्यकर्ता पक्राउ परेपनि अहिले निषेधित क्षेत्र नजिक रास्वपाको प्रदर्शन जारी छ ।

पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend