logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम बढ्यो : अध्यक्ष कुँवर

    जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम बढ्यो : अध्यक्ष कुँवर

    350
    Shares
    जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम बढ्यो : अध्यक्ष कुँवर

    काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनले श्रम रोजगारीको क्षेत्रमा चुनौति सिर्जना गरेको बताएका छन् ।

    मंगलबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा जलवायु परिवर्तनले श्रम रोजगार क्षेत्रमा पारेको प्रभाव विषय कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताएका हुन् ।

    उनले विश्वमा जलवायु परिवर्तनका भएको असरले रोजगारको क्षेत्रलाई प्रत्यक्ष असर परेको बताए । उनले श्रम रोजगारमा जलवायु परिवर्तनका विषयमा सरकारले बेवास्ता गरेको समेत आरोप लगाए ।

    उनले सरकारलाई दबाब सिर्जना गरी जलवायु परिवर्तनले श्रम रोजगारमा पारेको असरलाई न्युनिकरण गर्न केन्द्रले विभिन्न कार्यक्रम गर्दै खबदारी गरेको बताए । उनले जलवायु परिवर्तजको कारण श्रमिकले काम गर्ने समयमा समेत असर परेको बताए । उनले दिउँसोको समयमा काम गर्न नसक्दा बिहान बेलुका काम गर्ने अवस्था रहेको बताए ।

    पर्वतारोहणको क्षेत्रका श्रमिकलाई थप चुनौति रहेको उनले बताए । उनले सवारी साधनमा आएको परिवर्तन,कृषिमा बेमौसममा पानी पर्दा कृषिमा समेत असर परेको बताए । उनले निर्माणको क्षेत्रमा बढी जोखिम भएको बताए । उनले वातावरणीय प्रभावको कारण रोजगारी प्रभावित भइरहेको बताए ।

    उनले जलवायु परिवर्तनको असरले मजदुरहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न थालेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend