शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

तस्बिरमा हेर्नुहोस् नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नका लागि टिकट किन्नेको भिड

तस्बिरमा हेर्नुहोस् नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नका लागि टिकट किन्नेको भिड

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट बिक्री गरिरहेको छ ।

नेपाल र बङ्गलादेशबीच आज बेलुका हुने फाइनलका लागि बिहान ८ बजेदेखि जावलाखेल फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीको नेपाली सेनाको गेटअघिबाट टिकट बिक्री भइरहेको छ ।

टिकट किन्नका लागि बिहानैदेखि तोकिएका ठाउँमा भिड लागेको छ । एक जनाले भीआईपीतर्फ अधिकतम दुई वटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् ।

यसअघि अनलाइनमार्फत बिक्री भएको टिकटको पैसा फिर्ता हुने एन्फाले जनाएको छ । सुरक्षाका कारण फाइनल खेलका लागि १० हजार वटा टिकट मात्रै बेच्ने भन्दै एन्फाले अनलाइन टिकक रद्द गरेको हो ।

साफ महिला च्याम्पियनशिपको फाइनल खेल आज बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुँदैछ ।

तस्बिरमा हेर्नुहोस् टिकट किन्नेको भिड :

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend