logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सुनको मूल्य प्रतितोला १ लाख ७० हजार नाघ्यो, कतिमा हुँदैछ किनबेच ?

    सुनको मूल्य प्रतितोला १ लाख ७० हजार नाघ्यो, कतिमा हुँदैछ किनबेच ?

    1.6K
    Shares
    सुनको मूल्य प्रतितोला १ लाख ७० हजार नाघ्यो, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले बढेको छ ।

    बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार सुनको मूल्य फेरि अहिलेसम्मकै सर्वाधिक महँगो भएको छ ।

    हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो ।

    सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै मूल्य बढेको बताए ।

    उनका अनुसार इजरेल र हमास युद्धको प्रभाव सुन बजारमा परेको हो । उनले भने ‘हमास र इजरेल युद्धका कारण लगानीकर्ताहरुले आफ्नो सम्पत्ति सुरक्षित गर्नका लागि सुनमा लगानी गर्दा अहिले सुनको मूल्य दैनिक बढिरहेको छ ।’

    चाँदी पनि आज महँगिएको छ । चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend