शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

देशमा सबैभन्दा ठूलो आवश्यकता इमान्दारिताको हो : सभापति चालिसे

देशमा सबैभन्दा ठूलो आवश्यकता इमान्दारिताको हो : सभापति चालिसे

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशमा सबैभन्दा ठूलो आवश्यकता इमान्दारिता भएको बताएका छन् ।

बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सिंहदरबार वैद्यखानालाई सबै मिलेर सञ्चालन गर्नुपर्ने बताए । उनले ३७५ वर्षअघि स्थापना भएको सिंहदरबार वैद्यखाना अहिले धराशायी बन्नु दुःखद् भएको बताए । उनले १५० किसिमका औषधिहरु बनाउने वैद्यखाना अहिले शुन्य सरह बन्नु दुःख लागेको बताए ।

उनले लामो समय धराशायी भएको संस्थालाई सञ्चालन गर्ने प्रयास गर्नु नै राम्रो कदम भएको बताए । उनले सबैमा गरौँ भन्ने भावना जागृथ गर्नसके देश विकास गर्न सम्भव नहुने बताए ।

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा ३७५ वर्षअघि स्थापना भएको, प्रताप मल्लले स्थापना गरेको, कुनैबेला १५० किसिमका औषधिहरु व्यापक रुपमा बन्ने गरेको संस्था आज धराशायी भएको छ । आजको सबैभन्दा ठूलो आवश्यकता भनेको इमान्दारिताको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेल आएपछि तपाईंहरुले तीन महिनाको हिसावकिताव निकाल्नुस् ।

धेरै समय धराशायी भएको चिजलाई चाँडो भन्दा चाँडो उठाएर दौडाउन सकिएन तर प्रयास ठूलो कुरा हो । आज प्रयास भएको छ । एउटा गर्ने व्यक्तिले अर्को गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्छ । हामी सबैको भावनामा गरौँ भन्ने भाव पलाउनु पर्छ ।’

सभापति चालिसेले एउटा गरौँ भन्ने व्यक्तिले अर्को काम गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend