सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो, सबैको सहमतिमा संशोधन हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो, सबैको सहमतिमा संशोधन हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गरे ।

सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो ।” मुलुक अप्ठ्यारो अवस्था तथा चरम शङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उनको भनाइ थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend