काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्ट (मेगा मार्ट प्रालि) सँग सहकार्य गरेर छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
तिहारको अवसरमा ल्याइएको यो अफर कार्तिक १५ देखि कार्तिक १८ सम्म लागु रहने बैंकले जनाएको छ ।