काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्न दर्शकहरू दशरथ रंगशालामा भेला हुन थालेका छन् । फाइनल खेल सुरु हुन करिब साढे २ घण्टा बाँकी हुँदै दर्शकहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला हुन थालेका हुन् ।
दर्शकहरू आउन थालेसँगै सुरक्षाकर्मीले सुरक्षा जाँचपछि टिकट भएका दर्शकलाई प्रवेश दिइरहेका छन् । खेल साँझ ६ः ३० बजे सुरु हुनेछ ।
नेपाल र बंगलादेशबीच हुने फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।