logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेका छन् : माधव नेपाल

    कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेका छन् : माधव नेपाल

    448
    Shares
    कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेका छन् : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्नसक्ने बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रको पनि संवाहकको रुपमा आफ्नो स्थान बनाएको बताए । उनले कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेको बताए ।

    उनले नेपाल समाजवादी क्रान्तीको चरणमा प्रवेश गरेको पनि बताए । उनले अब समाजवादी क्रान्तीको कार्यक्रम आवश्यक भइसकेको बताए । उनले कम्युनिष्ट पार्टीहरुमा अहिले व्यक्तिवाद हाबी भएको बताए । उनले नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताए ।

    उनले भ्रष्टीकरणका बिरुद्धमा नजुद्धेसम्म र जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा नलागेसम्म देश बन्न नसक्ने बताए ।

    अध्यक्ष नेपालले समाजवादी क्रान्तीको विषय अब बहस र छलफलको विषय बन्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend