काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
‘देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ । सधै देशलाई यसरीनै मायाले समात्नु होला । नेता र राजनितीले टुक्राएको देशलाई सधै यसरीनै जोड्ने काम गरि राख्नु होला ।’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
बुधबार दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको थियो ।
नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।