logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • आफ्नै गाउँमा पौरख : सागसब्जी बेचेर वार्षिक छ लाख कमाउँछन् विवेक

    आफ्नै गाउँमा पौरख : सागसब्जी बेचेर वार्षिक छ लाख कमाउँछन् विवेक

    448
    Shares
    आफ्नै गाउँमा पौरख : सागसब्जी बेचेर वार्षिक छ लाख कमाउँछन् विवेक

    पाल्पा । गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् ।

    रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ । बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिएका उनले हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन् । उनको मेहनत छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडाले प्रस्तुत गरेका छन् ।

    उनले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । उनले पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन्। वार्षिक रूपमा छ लाख रुपैयाँ बराबरको आम्दानी गर्दै आएको उनी बताउँछन् । बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उनले बताए । “बजारको चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुनेरहेछ”, उनले भने।

    वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उनले बताए । उनले ‘टनेल’भित्र र बाहिर खेती गरेका छन् । टनेलभित्र उत्पादन धेरै हुने गरेको उनले सुनाए ।

    युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि आठ लाख रकम ब्याज अनुदान उपलब्ध गराएको उनी बताउँछन्। सबैको साथ र हौसला पाएकाले उनी खेती विस्तार गर्नउत्साहित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend