logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • तिहार आएसँगै सयपत्री फूलको माला किन्नेहरुको भीड

    तिहार आएसँगै सयपत्री फूलको माला किन्नेहरुको भीड

    490
    Shares
    तिहार आएसँगै सयपत्री फूलको माला किन्नेहरुको भीड

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएसँगै सयपत्री फूलको माला विक्री वितरणसमेत शुरु भएको छ । कालीमाटी, भृकुटीमण्डप, बालाजु लगायतका स्थानमा सयपत्री फूलको विक्री वितरण उल्लेख्य रहेको छ ।

    घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ– गाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ । केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

    तर पछिल्लो वर्षहरुमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ । मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend