logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • आज कुकुर तिहारः सुरक्षा निकायले कुकुर पूजा गरे

    आज कुकुर तिहारः सुरक्षा निकायले कुकुर पूजा गरे

    154
    Shares
    आज कुकुर तिहारः सुरक्षा निकायले कुकुर पूजा गरे

    काठमाडौं । आज (यमपञ्चक) तिहारको दोस्रो दिन अर्थात कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

    यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको छ । कुकुर इमान्दार र बफादार जनावर पनि हो ।

    घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले आफ्ना तालिमप्राप्त कुकुरहरुलाई पूज गरी मनाएका छन् ।

    साथै नेपालीहरुले आफ्नो आफ्नो घरमा कुकुरको पूजा गरी टीका र माला लगाइ दिएर खानेकुरा दिइ पूजा गरेका छन् । कुकुर पूजा गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल प्रहरी प्रहरी नायव महानिरीक्षक डा. देउती गुरुङले विश्वमा उपलब्ध हुने धेरै कुकुरहरु ल्याएर तालिम दिने गरेको बताए । उनले नयाँ नयाँ प्रजातीहरु ल्याएर कुकुरबाट अनुसन्धानलाई पहिलाको तुलनामा अहिले झनै प्रभावकारी बनाइएको बताए । अनुसन्धानका लागि पहिला जर्मन सेफर्ड र ल्याब्रेडर मात्रै रहेकोमा अहिले बेल्जियम सेफर्ड पनि ल्याएर अनुसन्धान प्रभावकारी बनाइएको बताए ।

    उनले भने, ‘विश्वमा उपलब्ध हुने सबै कुकुरहरु हामीले ल्याएर तालिम दिने गरेका छौँ । विदेशबाट तालिमप्राप्त र नेपालमा पनि तालिम दिनुपर्छ । नयाँ नयाँ प्रजातीहरु ल्याएर कुकुरबाट अनुसन्धानलाई पहिलाको तुलनामा अहिले झन माथि छ । जर्मन सेफर्ड र ल्याब्रेडर मात्रै थिए भने अहिले नयाँ प्रजातीका कुकुरहरु ल्याएका छौँ । अहिले बेल्जियम सेफर्ड भन्ने छ । विश्वले अनुसन्धानमा प्रयोग गर्ने कुकुर बेल्जियन मलिनवाई हो ।’

    उनले कुकुरबाट हुने अनुसन्धानलाई पहिलाको तुलनामा प्रभावकारी बनाइएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend