काठमाडौं । नेपालले हङकङ सिक्सेसमा विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
इङल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५।५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो ।
अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।