त्रिशूली । लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो ।
दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते हुनुभएभएको छ । निजको ग्रिनसिटी अस्पताल काठमाडौँैमा उपचार भइरहेको छ ।
दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उनले बताए ।