बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अस्ट्रेलियाको मुद्रास्फीति ३ वर्षकै न्युनमा

अस्ट्रेलियाको मुद्रास्फीति ३ वर्षकै न्युनमा

अस्ट्रेलिया । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्ष यताकै न्युन स्तरमा झरेको आधिकारिक तथ्यांकले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अस्ट्रेलियामा मुद्रास्फीतिको हेडलाइन मापन सेप्टेम्बरको अन्त्यसम्मको १२ महिनामा २.८ प्रतिशतले र २०२४ को तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतले बढेको छ ।

वार्षिक रूपमा सेप्टेम्बर त्रैमासिकको २.८ प्रतिशतको बृद्धि जुनको त्रैमासिकमा ३.८ प्रतिशतबाट घटेको छ । यो मार्च २०२१ को त्रैमासिकपछिको सबैभन्दा कम वार्षिक मुद्रास्फीति दर हो । अस्ट्रेलियन अर्थशास्त्रीहरूले सामान्यतया सेप्टेम्बरको वार्षिक आंकडा २.९ प्रतिशतमा आउने भविष्यवाणी गरेका थिए ।

सोही अवधिमा अटोमोटिभ इन्धनको मूल्य ६.७ प्रतिशतले घटेको छ । यद्यपि त्रैमासिक अवधिमा खाद्य र गैर–मादक पेय पदार्थको मूल्य ०.६ प्रतिशतले बढेको छ भने अन्तर्राष्ट्रिय बिदाको यात्रा र आवासको मूल्यमा १.९ प्रतिशतले वृद्धि भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend