कात्तिक २६ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
आजै प्रम ओलीले चीनसंग सिमाना जोडिएको किमाथांका नाका, कोशी कोरीडोर र सीमा सुरक्षा पोष्ट विओपीको अनुगमन गरेका हुन् । । प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका छन् ।