logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत

    चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत

    819
    Shares
    चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ  : पूर्ण बस्नेत

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको बताएका छन् । दिपावली, छठ, नेपाल सम्बत् लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले विविधतामा एकतालाई जीवन्त बनाउन चाडबाडले विशेष भूमिका खेल्ने गरेको बताएका हुन् ।

    प्रमुख बस्नेतले चाडबाडहरु साँस्कृतिक, धार्मिक र मौसमी प्रकृतिका हुने भन्दै दैनन्दिनको कार्यबाट विश्राम लिई भेटघाट, मनोरञ्जन, खानपिन र सम्बन्धलाई पुनर्ताजगी गर्ने काम गर्नुका साथै चाडबाडले साझा मूल्य, मान्यता र संस्कारको संरक्षण तथा सम्बद्र्धनमा टेवा पुर्याउने बताए ।

    आफन्त, इष्टमित्र, छरछिमेक तथा साथीभाइसँगको मिलनबाट मनमा शान्ति, सकारात्मक सोच, एकअर्काबीच सहयोग, सद्भाव अभिवृद्धि गर्न मनाइने चाडबाडलाई खर्चिलो र तडकभडक गरी मनाउन नहुने उनले बताए ।

    ‘चाडपर्व मानव जीवनका अभिन्न अंग हुन् । चाडबाडले आफ्नो मौलिक पहिचान बोकेको हुन्छ । यससँगै यसले विशेष खालको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ,’ बस्नेतले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend