logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • मुगु जिल्लाकै लामो झोलुंगे पुल संचालनमा

    मुगु जिल्लाकै लामो झोलुंगे पुल संचालनमा

    959
    Shares
    मुगु जिल्लाकै लामो झोलुंगे पुल संचालनमा

    मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा अवस्थित चैन खोलामा नवनिर्मित जिल्लाकै लामो झोलुंगे पुल संचालनमा आएको छ । कुल १ सय ४७ मिटर लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा शुक्रबारबाट उद्घाटन गरी सञ्चालनमा ल्याईएको हो ।

    छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको हो । मुगु जिल्लाकै लामो रहेको चैनखोला झोलुङ्गे पुलको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उद्योग पर्यटन, वन बातावरण मन्त्री जितबहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । शिला उद्घाटन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले गरे ।

    चैन खोलामा झोलुङ्गे पुल निर्माण भएसँगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउन जाने र छायाँनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरु लगायत स्थानीयलाई सहज हुनुका साथै बालबालिकालाई विद्यालय पुग्न सहज हुने नगर प्रमुख बिष्णुकुमार भामले बताए ।

    यो पुल छायाँनाथ रारा नगरपालिका १ वडा देखि ७ वडा सम्मका नागरिक र जुम्ला जानेहरु लागि अझ सहज हुने उनले बताए ।

    गत १०८१ साल बैशाख ३१ गते पुल निर्माणको सम्झौता गरेको कर्णाली ईन्फास्ट्कचर डिभलोमेन्ट् सर्भिस प्रालिले २०८१ साल पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो । तर, पुल निर्माण सम्पन्न हुने मिति अगावै करिब २ महिनाभित्रै पुल निर्माण भएको नगरपालिकाले जनाएको छ ।

    चैन खोला झोलुङ्गे पुल उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, नगर उपप्रमुख ऐश्वर्य मल्ल, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्लाका विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    चैन खोला झोलुङ्गे पुलमा सिसि क्यामरा, सडक बत्तिसँगै पुलको वारी–पारी राष्ट्रिय झण्डा गाडिएसँगै थप रौनक थपिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend