logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • अमेरिकासंगका सबै सम्झौता कार्यान्वयन गर्न भूमिका खेल्छु – नवनियुक्त राजदुत खतिवडा

    अमेरिकासंगका सबै सम्झौता कार्यान्वयन गर्न भूमिका खेल्छु – नवनियुक्त राजदुत खतिवडा

    2.1K
    Shares

    कात्तिक २७ काठमाडौं –  अमेरिकाका लागि नवनियुक्त राजदुत युवराज खतिवडाले नेपाल र अमेरिकाबीच भएका सबै सन्धि, सम्झौतालाई कार्यान्वयन गर्न भूमिका खेल्ने बताएका छन्। 

    बिहिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा खतिवडाले यस्तो बताएका हुन्। 

    आफ्नो कार्यकालमा दुइ देशको सम्बन्ध अझ बलियो बनाउन आफुले प्रभावकारी भूमिका खेल्ने उनको भनाई थियो। खतिवडाले नेपालमा अमेरिकी लगानी भित्र्याउन पहल गर्ने बताए। 

    नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौताका विषयमा प्रत्यक्षरुपमा केहि नभने पनि खतिवडाले सम्झौता कार्यान्वयनका लागि भूमिका खेल्ने बताए। 

    खतिवडासहित बेलायतका नवनियुक्त राजदुत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका नबनियुक्त राजदुत डा. निर्मलकुमार विश्वकर्मा संसदीय सुनुवाइ भएको हो। 

    गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले डा. खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend