मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

संस्कृति प्रत्येक समाजको प्राण तत्व हो : संस्कृतिमन्त्री पाण्डे

संस्कृति प्रत्येक समाजको प्राण तत्व हो : संस्कृतिमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमत्री बद्रिप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताएका छन् ।

शनिबार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राण तत्व मजबुत भएपछि मात्रै बाहिरि स्वरुप मजबुत हुने उल्लेख गरे ।

उनले नेपालीहरुको विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको समृद्धि, पुँजी भएको बताए । उनले नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढंगले जोगाउन जरुरी रहेको बताए । उनले सबै भाषा, संस्कृतिलाई प्रवद्र्धन र संरक्षण गर्न सरकार तत्पर रहेको बताए ।

उनले भने, ‘नेपालीहरुको संस्कृति, विविधतापूर्ण संस्कृति र प्रकृति हाम्रो समृद्धि, पुँजी र सम्पती हो । यसलाई अघि बढाउने सन्दर्भमा हाम्रा प्रत्येक भाषा, अहिले १३१ वटा भाषा पुगेका छन् । नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढंगले कसरी जोगाउन सक्छौँ । प्रवद्र्धन र संरक्षण गर्ने दिशामा अघि बढ्छौँ । संस्कृति भनेको प्रत्येक समाजको प्राण हो । संस्कृति भनेको सफ्टवेयर हो । प्राण तत्व मजबुत भएपछि मात्रै बाहिरि स्वरुप मजबुत हुन्छ ।’

मन्त्री पाण्डेले आगामी दिनमा राष्ट्रिय विभूति शंखधर शाख्वाले बोकेको दर्शनलाई अघि बढाउन एकजुट भएर लाग्नुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend