मौलिक पोशाकमा नेवार समुदाय
रामपुर(पाल्पा), १७ कात्तिक :
नेपाल सम्बत् ११४५ को अवसरमा आज नेवाःदेय दबु रामपुर नगर समितिको आयोजनामा बेझाड बजारमा निकालिएको र्यलीमा मौलिक पोशाकमा सहभागी नेवारी महिलाहरु । तस्बिरः सुशीला रेग्मी/रासस
गण्डकी, १७ कात्तिक : नृत्य प्रस्तुत गर्दै कलाकार नेपाल सम्बत ११४५ का अवसरमा गगन नेवास् खल पोखरा महानगरपालिका ३२ द्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : वासुदेव पौडेल/रासस
काभ्रेपलान्चोकको धुलिखेल नगरपालिकामा शनिबार नेपाल संवत् ११४५ को अवसरमा आयोजित म्हःपुजा कार्यक्रममा सहभागी बालबालिकाहरू सामूहिक तस्बिरमा । तस्बिर : राजकुमार पराजुली/रासस
काठमाडौँ, १७ कात्तिकः नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँ द ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय। तस्बिरः किरणराज बिष्ट/रासस
गोवर्धन पूजा गरिँदै दाङ, १७ कात्तिकः दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रम प्युठानको गुठी आनन्दकुटीरमा शनिबार बिहान गोवर्धन पूजा गर्दै भक्तजन। तस्बिरः कुलदीप न्यौपाने/रासस
नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेँसीसहर बजारमा नेवाः खल लमजुङद्वारा आयोजित र्यालीमा नेवार संस्कृतिसँग आधारित टाकटुके नाच्दै । तस्बिर : जनक श्रेष्ठ / रासस
नेपाल सम्वत ११४५ को अवसरमा शनिबार बेनीमा नेपाल भाषा मङ्का खःल म्याग्दीले आयोजना गरेको झाँकी सहितको र्यालीमा मौलिक पोषाकमा सजिएका नेवार समुदाय । तस्बिर : सन्तोष गौतम/ रासस
तिहारमा बिक्रीका लागि मुस्ताङदेखि पोखराको सिमपानीमा ल्याइएका च्याङ्ग्रा । चाडबाडमा च्याङ्ग्राको माग उच्च हुने गर्छ ।तस्बिर : राम थापा/रासस
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा आधार शिविरमा इन्धनको रुपमा प्रयोग गर्न हजारे ओडार क्षेत्रबाट पाँच हजार मिटर उचाइमा अवस्थित लाम्टाङ क्षेत्रमा खच्चडलाई दाउरा बोकाएर लगिँदै जादै एक युवा । तस्बिरः दिलकुमार लिम्बू/रासस
मौलिक पोशाकमा नेवार समुदाय रामपुर(पाल्पा), १७ कात्तिक : नेपाल सम्बत् ११४५ को अवसरमा आज नेवाःदेय दबु रामपुर नगर समितिको आयोजनामा बेझाड बजारमा निकालिएको र्यलीमा मौलिक पोशाकमा सहभागी नेवारी महिलाहरु । तस्बिरः सुशीला रेग्मी/रासस
सयपत्री फूल किनमेल सुनसरी, १७ कात्तिक : सुनसरीको इनरुवा बजारमा शनिबार तिहारका लागि सयपत्री फूल किनमेल गर्दै स्थानीय । तस्बिर : नवीन गड्तौला/रासस