logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अमेरिकामा राष्ट्रपति निर्वाचन : ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै

    अमेरिकामा राष्ट्रपति निर्वाचन : ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै

    700
    Shares
    अमेरिकामा राष्ट्रपति निर्वाचन : ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै

    एजेन्सी । २४ करोड अमेरिकीहरू यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। तर सम्भवत तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने छ।

    औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विशेषज्ञहरूको विश्वास छ।

    तीमध्ये एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्।

    अब चुनावका अन्तिम महिनाहरूमा ती राज्यका अनिर्णीत मतदाताको मन जित्न दुवै पक्ष जोडतोडले लागिरहेका छन्।

    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र निर्वाचन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले शुक्रबार महत्त्वपूर्ण राज्यहरूमा एक–अर्कामाथि आरोप प्रत्यारोप गरेका छन् ।

    उनीहरू अस्थिर राष्ट्रपतीय दौडको अन्तिम दिनहरूमा एक नाटकीय स्प्लिट–स्क्रिन छविका रूपमा रहेको विस्कन्सिनको सबैभन्दा ठूलो शहरमा प्रतिस्पर्धी यालीहरूका लागि भेला भए ।

    निर्वाचन हुने दिन नोभेम्बर ५ अघि राजनीतिक ताप उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले ह्यारिसका एक उच्च–प्रोफाइल रिपब्लिकन समर्थकलाई लक्षित गरेको हिंसात्मक वाक प्रहारको आलोचनाको सामना गर्नुपर्यो । यसका लागि ह्यारिसले उनको आक्रामक आक्रमणको आलोचना गरे।

    मङ्गलबाको मतदानअघि सात करोडभन्दा बढी अमेरिकीले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० को कूल मतको ४५ प्रतिशत हो । जनमत सर्वेक्षणले ट्रम्प र ह्यारिस बराबरीमा दौडिरहेको देखाउँछ । सात स्विङ स्टेटमा कसले जित्छ त्यसमा विजय निर्भर गर्छ ।

    दुवैले पूरा दिन अभियान कार्यक्रमहरू गरे । ह्यारिसले विस्कन्सिनमा ¥यालीहरू र युनियन हलको भ्रमण गरे भने ट्रम्पले छिमेकी महत्त्वपूर्ण राज्य मिशिगनमा मत माग्न प्रचार गरेका छन् ।

    “हामीले विगत चार वर्षदेखि लड्दै आएका सबै कुरा अब आउने चार दिनमा निर्भर गर्छ”, ट्रम्पले मिशिगनस्थित वारेनमा समर्थकहरूलाई भने ।

    शुक्रबार पछि प्रतिद्वन्द्वीहरूले मिल्भौकीमा केही माइल टाढा ¥याली गरे । यहाँ ट्रम्पले गर्जिँदै भने, “म तपाईंहरूको पैसा चाहन्न, म तपाईंहरूको मत चाहन्छु ।”
    पूर्वराष्ट्रपति ट्रम्पले उही स्थानलाई सम्बोधन गरिरहेका थिए जहाँ उनी गर्मीयाममा रिपब्लिकन पार्टीको मनोनयन जितेका थिए । पेन्सिल्भेनियामा हत्या प्रयासबाट बचेको केही दिनपछि विजयी स्वीकृति भाषण दिए।

    राष्ट्रपति जो बाइडेनले आफ्नो घट्दो मानसिक क्षमताको चिन्ताका बीच प्रतिस्पर्धा छोडेपछि जुलाईमा मात्र चुनावी दौडमा प्रवेश गरेकी ह्यारिस उच्च–ऊर्जा कार्यक्रमहरूको शृङ्ंखलामा पछिल्लो पटक स्टार ¥यापर कार्डी बीसँग मञ्चमा सामेल भए ।

    अमेरिकाकी सम्भावित पहिलो महिला राष्ट्रपतिका बारेमा बोल्दै कार्डी बीले भीडलाई सोधे, “के हामी इतिहास बनाउन तयार छौँ ?”

    यसअघि ह्यारिसले आफ्ना एक प्रमुख रिपब्लिकन आलोचकको बारेमा छलफल गर्दा ‘हिंसात्मक वाक प्रहार’ प्रयोग गरेकामा ट्रम्पको भत्सर्ना गरे ।

    ट्रम्पले ‘पूर्वप्रतिनिधि लिज चेनीमाथि राइफल तान्नुपर्ने सुझाव दिएका छन्”, ह्यारिसले विस्कन्सिनस्थित मयाडिसनमा पत्रकारहरूलाई भनिन् “यो अयोग्य हुनैपर्छ । जो कोही जसले त्यस्तो हिंसात्मक वाक प्रहार प्रयोग गर्छ, स्पष्ट रूपमा राष्ट्रपति बन्न अयोग्य र अनुपयुक्त छ ।”

    यो पनि :

    अमेरिकामा चुनाव हुन चार दिन बाँकी, कमला ह्यारिस र डोनाल्ड ट्रम्प को बन्लान् राष्ट्रपति ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend