logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • नेकपा सचिवालय बैठक आज बस्दै

    नेकपा सचिवालय बैठक आज बस्दै

    2K
    Shares

    कात्तिक २८ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ। पार्टीमा  चर्किएको विवादका कारण बस्न नसकेको बैठक एक  महिना पछि बस्न लागेको हो। 

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ४ बजे बस्ने जनाइएको छ।  

    नेकपाका बहुमत सदस्यहरुले बैठकको माग गर्दा पनि अध्यक्ष केपी ओलीले सहमति नजनाउँदा बैठक बस्न सकेको थिएन। आजको लागि ओलीले सहमति जनाएसनगै बैठक बस्न लागेको हो। 

    पार्टीका दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक डाकेका हुन्।

    पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सचिवालय सदस्यहरुले बैठक बस्न निरन्तर आग्रह गर्दै आएका थिए।  तर ओलीले पहिला दुई अध्यक्षबीच सहमति भएमात्रै बैठक बस्ने अडान लिँदै आएका थिए। 

    नेकपामा दुई अध्यक्षको सहमतिमा महासचिवले सचिवालय बैठक बोलाउने प्रावधान रहेको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend