काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको थियो ।
स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । त्यस्तै, अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।
लिग टु को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २-२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ ।