logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

    डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

    2.4K
    Shares

    कात्तिक २९ काठमाडौं – कोरोना संक्रमित डा गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केसीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभएको हो। 

    ट्वीट गर्दै प्रधानमन्त्री ओलीले उपचार खर्च सरकारले गर्ने जानकारी दिनुभएको हो। 

    ओलीले डा केसीको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ। 

    oli.JPG

    केसीलाई सामान्य लक्षण  देखिएपछि विहिबार गरेको पिसिआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

    डा. केसीलाई रुघा, खोकी लाग्नुका साथै ज्वरो समेत आएको छ भने स्वास प्रस्वासमा समेत समस्या देखिएको छ । 

    डा. केसीलाई अहिले शिक्षण अस्पताल महारजगंजको गणेशमान सिंह भवनमा भर्ना गरेर उपचार भइरहेको छ । उनलाई डा. सुबास आचार्यको टीमले हेरिरहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend