कात्तिक २९ काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपा अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डकै कारण पार्टी एकता गम्भीर संकटको मोडमा आएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले यस्तो बताएका हुन्।
पोखरेलले सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको एकल राजनीतिक प्रस्ताव पार्टी एकताको मर्म र स्थायी कमिटी निर्णयविपरीत भएको बताएका छन् ।
उक्त प्रस्ताव प्रस्तुत भएपछि पार्टी एकता गम्भीर मोडमा पुगेको सिंगो पार्टीले अनुभूति गरेको पनि पोखरेलले बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले पार्टी एकताको रक्षाका लागि अध्यक्ष दाहाललाई उक्त प्रस्ताव फिर्ता लिन आग्रहसमेत गरेका छन् ।
शुक्रबारको सचिवालय बैठकमा दाहालले राजनीतिक प्रस्ताव पेस गरेका थिए जसमा अध्यक्ष केपी ओलीका गतिविधि अब क्षम्य नहुने उल्लेख गरिएको थियो ।