logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • काठमाडौं उपत्यकामा छठको रौनक शुरु, सिंगारिँदै गौरीघाट, कमलपोखरी

    काठमाडौं उपत्यकामा छठको रौनक शुरु, सिंगारिँदै गौरीघाट, कमलपोखरी

    602
    Shares
    काठमाडौं उपत्यकामा छठको रौनक शुरु, सिंगारिँदै गौरीघाट, कमलपोखरी

    काठमाडौं । काठमाडौं उपत्यकामा छठको रौनक शुरु भएको छ । तिहार सकिए लगत्तै काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थनमा छठका लागि तयारी शुरु गरिएको हो ।

    छठ पूजाका लागि काठमाडौंका गौरीघाट लगायतका नदी किनारहरु सिंगारिएका छन् । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

    दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

    कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताए । उनले कमलपोखरीमा २६० वटा बस्ने टेन्टहरु बनाएको तर बुकिङ गर्न आउनेहरुको संख्या तीन सय बढी भइसकेको बताए । साढे तीन सयको संख्यामा राख्न सकिने उनले बताए ।

    अर्का स्थानीय जितेन्द्र झाले छठ प्राकृतिक पूजा भएकाले भगवान सूर्यनारायणको पूजाआजा गरी मनाइने बताए ।

    उनले भने, ‘छठको तयारी हुँदैछ । कपडा राख्ने काम हुँदैछ । फ्रेमिङहरु भइसकेको छ । टेन्ट हाम्रो लगभग सकियो, बत्तीको काम पनि सकियो । हामीले २ सय ६० वटा घाट नम्बरिङ गरेका छौँ । तर बुकिङ गर्न आउनेहरु तीन सय बढी भइसकेको छ । साढे तीन सय जति कभर हुन्छ । पाँच दिन यता सरसफाई भइरहेको छ ।’

    छठ पर्वमा श्रद्धालुहरु भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् । गाउँगाउँमा रहेका पोखरीहरुमा समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend