सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

स्वास्थ्यमन्त्रीद्वारा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

स्वास्थ्यमन्त्रीद्वारा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

राजविराज (सप्तरी) । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन् । त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए ।

उनलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकबारे जानकारी दिएका थिए ।

अस्पताल भवन निर्माणकर्ता कम्पनीले समयमा काम पूरा नगर्दा तेस्रो पटक म्याद थपिएको जानकारी दिँदै प्रमुख तिवारीले भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend