सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ केजी सुनसहित ३ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ केजी सुनसहित ३ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीव ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

मंगलबार साँझ करीव ५ किलो  ७ सय ग्राम सुनसहित विमानस्थलबाट तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

एयर अरेबियाको उडान नं. जी९५३० मा  शारजाहबाट काठमाडौं आएका चिनियाँ नागरिक  जे इयान झोंग तथा  म्यानमारका सात नाइङ टुन र ईआई एनजीओएन फूलाई उक्त सुनसहित नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करीब  ५ केजी ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend