मङ्सिर ५ काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुन: मतगणनामा पनि विजयी भएका छन्।
योसँगै राष्ट्रपति डोनल्ड ट्रम्पको कानुनी चुनौती तीन राज्यमा समाप्त भएको छ।
जोर्जिआमा बाइडनले ट्रम्पलाई १२,२८४ मतले हराएका हुन्।
नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडनले ५९ लाखभन्दा बढी मत प्राप्त गरेका छन् र उनले ३०६ देखि ३२२ इलेक्टलर कलेज मत जित्ने अनुमान गरिएको छ।