logo

२०८१ कार्तिक २७ मंगलबार

logo
  • मंगलबार, २७ कार्तिक २०८१
  • सत्ता फासिष्ट हुँदै जान्छ र आगामी दिनमा मुलुकमा अराजकता बढ्दै जान्छ : घनश्याम भुसाल

    सत्ता फासिष्ट हुँदै जान्छ र आगामी दिनमा मुलुकमा अराजकता बढ्दै जान्छ : घनश्याम भुसाल

    420
    Shares
    सत्ता फासिष्ट हुँदै जान्छ र आगामी दिनमा मुलुकमा अराजकता बढ्दै जान्छ : घनश्याम भुसाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताएका छन् ।

    मुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने उनको जिकिर थियो ।

    महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताए । घुस नखाने पार्टी भए मात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढंगले अघि बढाउने सिद्धान्त बन्ने र त्यसले मुलुकलाई सही ढंगले अघि बढाउने तर्क गर्दै उनले त्यसका लागि क्रान्तिकारी एजेण्डासहितको समूह सडकमा आउनुपर्ने समेत बताए ।

    शनिबार काठमाडौंमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले घुस नखाने पार्टीले मात्रै आजको लेलिनलाई पुनर्जागृत गर्नसक्ने र त्यसले मात्रै विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउनसक्ने बताए ।

    उनले भने, ‘हामी कहाँ घुस नखाने व्यक्तिहरु धेरै छन् । तर घुस नखाने पार्टी बनाउनु प¥यो । घुस नखाने बित्तिकै मुलुक पनि त्यसै गरी चलाउँछु, आत्मनिर्भर भएर चलाउँछु, आफ्नो जनतालाई रोजगारी दिएर चलाउँछु भन्ने सिद्धान्त चाहिन्छ । त्यो सिद्धान्त विकसित हुन्छ ।

    त्यसका लागि तपाईले साम्राज्यवादसँग लड्नुपर्दछ । आजको लनिन त्यहाँ फेला पार्नुहुन्छ । उहिल्यै सय वर्षको लनिन होइन, आजको लेनिनलाई पुनःजागृत गर्नुहुन्छ । यदि साँच्चै मुलुकमा कृषि, उद्योगको संरक्षण गरेर जानुपर्छ भन्ने पोलिसी लिने हो भने आजको लेनिन निर्माण हुने थियो, बन्ने क्रम शुरु हुन्छ ।

    आजको बोल्सेविक रेभुलुशन शुरु हुन्छ । त्यसर्थ, परिस्थिति भन्ने हो भने लेनिनले भनेको त्यो क्रान्तिकारी संकट रेभुलुशन क्राईसेसकै बेला छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend