२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

कांग्रेससँगको सत्ता सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएका छौं : एमाले

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)ले कांग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ ।

शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सो कुरामा जोड दिएको हो । सरकारको ४ महिने कार्यकाल आधारभुत रुपमा ठिक ढंगले अघि बढ्दै गइरहेको निष्कर्ष निकाल्दै बैठकले दुई दल बीचको सत्ता साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउनकालागि गरी दुई दलबीच संघ, प्रदेश र स्थानीय तहमा समेत संयन्त्र बनाएर अघि बढ्ने निर्णय पनि दुई दलबीच भएको बताए ।

उपमहासचिव ज्ञवालीले भने, ‘सरकारको ४ महिने कार्यकालको समिक्षा गरेका छौं । सरकारले आधारभुत रुपमा ठिक ढंगले काम गर्दै अगाडि बढिरहेको दुई मुख्य राजनीतिक दलहरुको बीचमा समझदारीलाई अझ प्रगाढ बनाउन र काममा अझ बढी समन्वय ल्याउनको निम्ति हालै दुई दलको बीचमा संयन्त्रहरु पनि बनेको र यो विश्वासको वातावरणलाई अझ सुदृढ गर्दै लैजानका निम्ति सरकारलाई सफलता प्राप्त होस भन्ने कुरामा पनि हामीले जोड दिएका छौं ।’

एमालेले दुई दल बीचको विश्वासको वातावरण खदिलो बनाउन पनि सरकारलाई सुझाव दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट