२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

नेकपा (एमाले) गोरखा-काठमाडौं सम्पर्क मंचले मनायो 'भोजराज भट्ट स्मृति दिवस'

शनिवार , कार्तिक २४, २०८१

 

काठमाडौं । नेकपा (एमाले) गोरखा–काठमाडौँ सम्पर्क मंचले आज '२०औँ भोजराज भट्ट स्मृति' दिवस एक कार्यक्रमबीच सम्पन्न गरेको छ ।

‘१० वर्षे माओवादी सशस्त्र विद्रोहमा विपक्षी पार्टीको कार्यकर्ता र सर्वसाधारणको हत्या मानवीय हिंसा कि जनयुद्ध ?’ भन्ने विषयमा विचार गोष्ठी गरेर श्रद्धाञ्जली व्यक्त गर्दै स्मृति दिवस सम्पन्न गरेको हो । मंचका अध्यक्ष रुपेश रोकाहाको अध्यक्षता र सम्पर्क समन्वय संयोजक श्याम बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा स्वर्गीय भट्टकी श्रीमति विष्णुमाया भट्टको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा सम्पर्क समन्वय सचिव आर.सी लामिछाने, सम्पर्क समन्वय सदस्य तथा स्याङ्जा इन्चार्ज अमृता अधिकारी, सम्पर्क समन्वय सदस्य तथा गोरखा इन्चार्ज निर्मला अधिकारी, गण्डकी सम्पर्क कमिटी तथा सम्पर्क मंचका पूर्व अध्यक्ष कमल दानी, गोरखा जिल्ला कमिटी निवर्तमान उपाध्यक्ष कृष्ण नेपाली, गण्डकी प्रदेश सम्पर्क कमिटी अध्यक्ष राजेन्द्र आचार्य, उपाध्यक्ष पदम गिरी, सदस्य राजकुमार बानियाँ, गोरखा जिल्ला कमिटी सचिवालय सदस्य तथा सम्पर्क मंच पूर्व सचिव सन्तोष देवकोटा, जिल्ला कमिटी सदस्य दिपक अधिकारी, जिल्ला कमिटी पूर्व सदस्य अर्जुन सापकोटा र शुष्मा रोकाहाको उपस्थिती रहेको थियो ।

त्यस्तै, कार्यक्रममा भू.पू. सैनिक केन्द्रीय सदस्य रमेश रोकाहा, बुद्धिजिवी परिषद् सदस्य उपेन्द्र देवकोटा, त्रिभुवन विश्वविद्यालय कमिटी अध्यक्ष तथा स्ववियु सचिव सिद्धान्त भट्ट र जलस्रोत केन्द्रीय विभाग सदस्य डा. मोजराज बगाले लगायतको उपस्थिती थियो ।

सम्पर्क मंचको उपाध्यक्ष अनिता अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा राजेन्द्र आचार्यले सम्पर्क मंचको कार्यप्रति खुसी व्यक्त गरेका थिए । समसामयिक विश्व राजनीतिको विद्रोह र नेपालमा त्यसको प्रभावका बारेमा जलस्रोत केन्द्रीय विभाग सदस्य डा. मोजराज बगालेले मन्तब्य राखेका थिए । स्वर्गीय भोजराज भट्ट एक कुशल संगठक र सरल व्यक्तित्व रहेको बताउँदै तत्कालिन समयमा भएको हत्या एक आततायी हिंसा भएको भन्दै सम्पर्क मंचका पूर्व अध्यक्ष कमल दानीले भट्टको योगदानलाई स्मरण गराए । कार्यक्रममा गण्डकी प्रदेश सम्पर्क कमिटी निवर्तमान सदस्य शम्भु अधिकारी तथा सम्पर्क मंचका निवर्तमान अध्यक्ष भिम प्रसाद काप्रीको समेत उपस्थिती रहेको थियो ।

मन्तव्यकै क्रममा कृष्ण नेपालीले भोजराज भट्टलाई स्मरण गर्दै उनको हत्या क्रूर घटना भएको बताए । त्यस्तै, मन्तब्य राख्ने क्रममा नेकपा (एमाले) सल्लाहाकार परिषद् सदस्य डा. बाबुराम अधिकारीले माओवादीको तत्कालिन गतिविधि हिंसात्मक रहेको जिकिर गरे । कार्यक्रमका प्रमुख अतिथि श्याम बस्नेतले गोरखा–काठमाडौं सम्पर्क मंचको अहिलेको गतिविधि निकै प्रशंसायोग्य रहेको र यसलाई निरन्तरता दिँदै जान सुझाव दिए ।

सम्पर्क मंचका उपसचिव मधुकर खड्काले संचालन गरेको सो कार्यक्रममा मंचका अध्यक्ष रुपेश रोकाहाले पार्टी निर्माणको क्रममा योगदान दिने सम्पूर्णप्रति धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

गोरखा जिल्ला ताकुमाझ लाकुरीबोटका भोजराज भट्ट पूर्व जिल्ला कमिटी सचिवालय सदस्य थिए । २०६१ साल कात्तिक २४ गते तत्कालिन माओवादीबाट उनको हत्या भएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट