२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो' : उपसभापति अर्याल

आइतवार , कार्तिक २५, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले पार्टीको सभापति रवि लामिछाने नै रहने बताएका छन् ।

सभापति लामिछानेको रिहाईको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै रहने बताए । उनले भने ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो। यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो।’

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने प्रहरीले काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो । त्यसपछि रास्वपाले सभापतिको रिहाईको माग गर्दै आन्दोलन तथा प्रदर्शन गर्दै आएको छ ।

रवि लामिछाने पक्राउ परेको २३ दिन वितेको छ । तर पनि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन।

रास्वपामा डिपी र स्वर्णिम वाग्ले उपसभापति छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट