logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कालीकोटमा बोलेरो जीप दुर्घटना : ६ जनाको मृत्यु, १३ घाइते

    कालीकोटमा बोलेरो जीप दुर्घटना : ६ जनाको मृत्यु, १३ घाइते

    1.4K
    Shares
    कालीकोटमा बोलेरो जीप दुर्घटना : ६ जनाको मृत्यु, १३ घाइते

    मुगु। कालीकोटको पलाँता गाउँपालिका–३, राडुनेटामा आज दिउँसो बोरेलो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    पलाँताको थिर्पूबाट १९ जना यात्रु बोकेर आएको जीप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक गोबिन्द्र प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १३ जना घाईते भएका छन् ।

    मृतकको नाम र पहिचान खुलेको छैन । नेपाली सेनाको हेलिकोप्टरबाट घाईत १३ जना मध्ये ७ जनालाई उपचारका लागि सुर्खेत स्थित प्रदेश अस्पताल कालागाउँ ल्याईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारीनारायण डाँगीले जानकारी दिए ।

    उनका अनुसार थप घाईतेलाई लिन हेलिकप्टर घटना स्थल तर्फ जान लागेको छ । गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend